काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव फेला परेको हो। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २३४ जना व्यक्तिहरूलाई राखिएको छ।
लोकप्रिय खबर
भोटेकोशी बाढीमा १ हजार ४५४ शव भेटियो
दसैँमा पनि तातोपानी नाका खुल्ने छैन टुङ्गो
जंगली च्याउले लियो तीन वर्षे बालिकाको ज्यान
नोबेल साहित्य पुरस्कार विजेता एन कार्सन: प्राचीन दर्शनलाई आधुनिक रूप दिने शिल्पी
अध्यक्षमा पशुपति शर्मा निर्विरोध
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच उच्चस्तरीय भेटवार्ता






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्