काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता लिएका छन्।
उपलब्ध मतगणनाको विवरणअनुसार उपसभापति पदमा चन्द्र भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपसभापति पदको समावेशी समूहमा विनोदकुमार चौधरीले ६१५ मत प्राप्त गरेका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।
महामन्त्री पदमा प्रदीप पौडेलले सर्वाधिक १ हजार ३८१ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनीलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत पाएकी छन्।
निर्वाचनमा कुल ७ हजार ४३ मत खसेको विवरण प्राप्त भएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्