मुख्य खबर

जंगली च्याउले लियो तीन वर्षे बालिकाको ज्यान

खबरशाला संवाददाता खबरशाला संवाददाता • ९ घण्टा अगाडि • १६ पटक पढिएको

दाङ – गढवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. हेम बहादुर केसीले जानकारी दिएका छन।

गढवा गाउँपालिका-१ बनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी माझी जंगली च्याउ खाएपछि बिरामी परेका थिए।

उनीहरूलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा राति ११ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएकी छन्। उनीहरूले असोज २१ गते साँझ जंगली च्याउ खाएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।