ब्रेकिङ्ग खबर

३ हजार ४३५ मत गणनामा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता, कसको मत कति?

खबरशाला संवाददाता खबरशाला संवाददाता • असोज २५, २०८३ • ४८ पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले फराकिलो अग्रता कायम राखेका छन्।

३ हजार ४३५ मत गणना हुँदा उपसभापति (खुला) तर्फ भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ९० मत पाएका छन्। त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशी) तर्फ बिनोद कुमार चौधरीले ८९६ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्।

त्यसैगरी, केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका छन्। उनका प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत प्राप्त गरेका छन्।

महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ मत प्राप्त गर्दा रीता खनालले ३६५ मत पाएकी छन्।

मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाम थप परिवर्तन हुन सक्नेछ। अन्तिम परिणाम भने मतगणना सम्पन्न भएपछि मात्र सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।