२३ असोज,महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा बिहीबारदेखि महोत्तरीको बर्दिबासमा सुरु भएको महाधिवेशनबाट नयाँ नेतृत्वको अध्यक्ष बनेका हुन्।
निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन्।
त्यस्तै, महासचिवमा शिव हमाल पनि निर्विरोध भएका छन्।
उपाध्यक्ष पदका लागि भने देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, नवीन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्ल प्रतिस्पर्धामा छन्।
प्रतिष्ठानको अन्य पदमा नयाँ नेतृत्व चयन गर्न शुक्रबार मतदान हुँदैछ। निर्वाचन प्रक्रिया सम्पन्न भएपछि प्रतिष्ठानको बाँकी पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको टुंगो लाग्नेछ।
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो
यो वर्ष दशैँ टीकाको साइत बिहान १०:२६ बजे
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्