ब्रेकिङ्ग खबर

कांग्रेसमा उपसभापतिसहितका पदाधिकारी संख्या बढाउने समझदारी!

KhabarShala खबरशाला संवाददाता • १६ घण्टा अगाडि • ८ पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीका पदाधिकारी संख्या बढाउने विषयमा समझदारी भएको छ। विधान संशोधनमार्फत पदाधिकारी संख्या विस्तार गर्ने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरी अनुमोदनका लागि अघि बढाइने भएको छ।

विशेश महाधिवेशन पश्चात देउबा समुहको सानो समुह बाहिरै रहेर हुन लागेको महाधिवेशनमा पदाधिकारीमा थुप्रै आंकाक्षी भएपश्चात नेताहरुलाई पदाधिकारीसॅख्या बढाएरै व्यवस्थापन गर्न लागिएको हो।

समझदारीअनुसार हाल दुई जना रहेको उपसभापतिको संख्या बढाएर चार जना पुर्‍याउने प्रस्ताव गरिएको छ। चार उपसभापतिमध्ये एक जना वरिष्ठ उपसभापति रहनेछन् भने कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, हाल ११ जना रहेका सहमहामन्त्रीको संख्या बढाएर १३ जना पुर्‍याउने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचित हुनेछन् भने थप दुई जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिनेछ।

यद्यपि, महामन्त्रीको संख्या भने दुई जना नै कायम राख्ने समझदारी भएको छ।

पार्टी सभापति गगन थापाले पदाधिकारी संख्या बढाउँदा सकेसम्म मनोनयनभन्दा निर्वाचनबाटै पदाधिकारी चयन गर्ने व्यवस्था प्रभावकारी हुने धारणा राख्दै आएका छन्।

पार्टीभित्र पदाधिकारीका आकांक्षीहरूको संख्या बढ्दै गएपछि नेतृत्व तहमा पदाधिकारी संख्या विस्तार गर्नुपर्ने दबाब बढेको हो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विधान संशोधन प्रस्तावमाथि छलफल भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।

आजदेखि शुरु हुने नेपाली कांग्रेसको १५औ महाधिवेशन काठमाण्डौमा शुरु हॅुदै छ। ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।