काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण तयारी तीव्र रूपमा अघि बढाइएको छ । उच्च स्रोतका अनुसार, सन् २०२६ नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साता (मंसिर दोस्रो वा तेस्रो साता) प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्ने गरी तयारी गरिएको छ ।
“प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भएको छ । मिति ठ्याक्कै तोकिएको छैन तर आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बर पहिलो साता गर्ने गरी भ्रमणको तयारी चलिरहेको छ,” उच्च स्रोतले खबरशालासँग भन्यो ।
अहिले परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका अधिकारीहरूबीच प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई कसरी सफल बनाउने भन्ने विषयमा छलफल चलिरहेको स्रोतले बतायो ।
“विभिन्न मन्त्रालयहरूसँग छलफल गरी एजेन्डा सेट गर्ने कार्यमा परराष्ट्र मन्त्रालय जुटेको छ । सबै मन्त्रालयबाट एजेन्डा आएपछि भारतसँग थप छलफल गरिने छ,” स्रोतले भन्यो, “भ्रमणका बेला सबैभन्दा बढी प्राथमिकता भोटेकोसी बाढीपछिको पुनर्निर्माणले पाउने छ ।”
२०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए । त्यसपछि विविध कारणले प्रधानमन्त्री बालेनले भारत भ्रमणमा गएका थिएनन् ।
अहिले प्रधानमन्त्री बालेन भारत भ्रमणको लागि तयार भएपछि परराष्ट्र मन्त्रालयले तयारीलाई तीव्र रूपमा अघि बढाएको छ ।
लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
गगनको कांग्रेस बदल्ने संकेत
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्