२५ साउन, काठमाडौं । साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
साउनका सोमबार व्रत बसेर भगवान शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्दैछन्। धार्मिक मान्यताअनुसार साउनका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार व्रत तथा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ।
अन्तिम सोमबार भक्तजनको संख्या बढी हुने भएकाले पशुपतिनाथमा बिहानैदेखि व्रतालु तथा दर्शनार्थीहरू लामबद्ध भएका थिए। बोलबम तीर्थालुहरूले सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउँदै पूजाआजा गरेका छन्।
पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी महादेव, पिण्डेश्वर, गलेश्वर, कुशेश्वर, गुप्तेश्वर, कपिलेश्वर, जलेश्वरलगायत देशभरका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
त्यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबार पूजा तथा बोलबम मेलाका लागि ठूलो संख्यामा श्रद्धालुहरू पुगेका छन्।
लोकप्रिय खबर
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी
पाकिस्तानको आठ विकेटको जित, टेस्ट शृंखला १–१ को बराबरीमा समाप्त
इन्भेस्टमेन्ट मेगा बैंक प्रकरणमा सर्वोच्चको हस्तक्षेप : इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
मातृभाषामा सूचना र सञ्चारको पहुँच सुनिश्चितताले लोकतन्त्र थप समावेशी र सुदृढ हुन्छ : मन्त्री गौतम
गृहमन्त्री गुरुङको चेतावनी: ‘जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिनुस्’






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्