खबरशाला संवाददाता खबरशाला संवाददाता | भदौ १२, २०८३ | ४५ पटक पढिएको
Uncategorized

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग ,व्यक्तिगत तर्फको अहिलेसम्मकै ठुलो सहयोग ।

खबरशाला संवाददाता खबरशाला संवाददाता भदौ १२, २०८३ ४५ पटक पढिएको


काठमाडौँ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुनुहुन्छ। राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो।
सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गर्नुभएको छ । अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।