साउन २१, काठमाडौं : सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै केही जेनजी युवाहरू सडक प्रदर्शनमा उत्रिरहेका बेला गृहमन्त्री सुधन गुरुङ ले जेनजीको नाममा राजनीति नगर्न चेतावनी दिएका छन्।
काठमाडौंको बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’ को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आन्दोलनमा योगदान नै नदिएका व्यक्तिहरू अहिले जेनजीको आवरणमा सडकमा उभिएर राजनीति गर्न खोजिरहेको आरोप लगाए।
“हाम्रो घाउमा तीन–चार जना राजनीति गर्न खोज्ने जेनजी छन्। आन्दोलनमै नआएका मानिसहरू अहिले सडकमा उभिने होइन,” उनले भने।
यद्यपि, सरकारले जेनजी पुस्ताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै उनले कानुन र विधिको पालना गर्दै काम गर्दा केही ढिलाइ हुनु स्वाभाविक रहेको बताए।
“रुल अफ ल पालना गरेर अघि बढ्नुपर्छ। त्यसैका आधारमा काम गर्दा केही ढिलासुस्ती देखिन सक्छ, तर सरकार परिणाम दिन प्रतिबद्ध छ,” उनले भने।
मन्त्री गुरुङले उमेरका आधारमा मात्रै जेनजी नहुने उल्लेख गर्दै देशप्रतिको जिम्मेवारी, योगदान र सही नियत भएका युवालाई नै वास्तविक जेनजी मान्नुपर्ने धारणा व्यक्त गरे।
“जेनजीको उमेर समूहमा पर्नु मात्रै पर्याप्त होइन। देशप्रतिको माया, योगदान र न्यायका पक्षमा उभिने साहस भएको व्यक्ति नै वास्तविक जेनजी हो,” उनले बताए।
लोकप्रिय खबर
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
भारतीय राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको भेटवार्ता, चिनियाँ राजदूतसँग पनि भेट हुँदै!
फुटबलका महान् खेलाडी लियोनल मेसीका पिता जर्जको निधन, छोराको महान् करियर पछाडिका ‘सारथि’ थिए उनी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै !
साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता बढ्यो, भारतीयपछि चिनियाँ राजदूतसँग पनि भेटवार्ता सम्पन्न






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्