काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताएका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उनले सो कुरा बताएका हुन्।
उनले भने “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन । सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरु नै ढल्नेछन् ।” देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने उनको भनाई थियो।
सरकारको शैली र नियत सही रहेको बताउँदै उहाँले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताए । दलीय सहकार्यका लागि रास्वपा जहिले तयार रहेको बताउँदै उनले देश परिवर्तनको मुद्दामा सबैलाई साथ हिँड्न आव्हान गरे ।
रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र कमजोर हुन नदिने, मुलुकको अर्थतन्त्रलाई कमजोर बन्न नदिने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
सभापति लामिछानेले भने, “जनताको मन जित्नेगरी काम गर्दैछौं । लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौं । तपाईहरुले कसैले पनि त्यो काम नगर्नुहोला ।”
लोकप्रिय खबर
आशाको गोरेटोमा सरकारका पाईला
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !
निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने
अर्थतन्त्रमा “स्वर्णिम” कार्यकाल






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्