काठमाडौं । पाकिस्तानले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै दुई खेलको टेस्ट शृंखला १–१ को बराबरीमा टुंग्याएको छ। चौथो दिन ७५ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले दुई विकेट मात्र गुमाएर सहज जित दर्ता गरेको हो।
पछिल्ला केही टेस्टमा चौथो इनिङ्समा संघर्ष गर्दै आएको पाकिस्तानले यसपटक भने संयमित प्रदर्शन गर्दै लक्ष्य पूरा गर्यो। यस जितसँगै टोलीले तीन वर्षपछि पहिलो पटक विदेशी भूमिमा टेस्ट जित निकाल्न सफल भएको छ। साथै बाबर आजमको दोस्रो कार्यकालको टेस्ट कप्तानी पनि विजयी सुरुवात भएको छ।
यसअघि चौथो दिन बिहान पाकिस्तानका बलरहरूले वेस्ट इन्डिजको दोस्रो इनिङ्स छिट्टै समेट्दै घरेलु टोलीलाई ११७ रनमा रोकिदिएका थिए। अली उस्मानले चार विकेट लिँदै केमार रोच, जस्टिन ग्रिभ्स र शमार जोसेफसहित तल्लो क्रमलाई धराशायी बनाए। बाबर आजमलाई रनआउट गराउने क्रममा घाइते भएका ब्रान्डन किङ ब्याटिङमा उत्रन नसक्दा वेस्ट इन्डिज थप दबाबमा परेको थियो।
स्कोरकार्ड
पाकिस्तान ३८७ रन (अब्दुल्लाह शफिक १६०* , बाबर आजम ८८, जोमेल वारिकन ६/११२) र ७७/२ ले वेस्ट इन्डिज ३४४ रन (जस्टिन ग्रिभ्स ७३, रोस्टन चेज ७०, सजिद खान ४/८५) तथा ११७ रन (सजिद खान ४/३२, अली उस्मान ४/३९) लाई आठ विकेटले पराजित गरेको छ।
लोकप्रिय खबर
इन्भेस्टमेन्ट मेगा बैंक प्रकरणमा सर्वोच्चको हस्तक्षेप : इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी
गृहमन्त्री गुरुङको चेतावनी: ‘जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिनुस्’
लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
राजमार्ग क्षेत्रका जग्गामा विकास कर ५ प्रतिशत बिन्दुले बढ्ने !
पाकिस्तानको आठ विकेटको जित, टेस्ट शृंखला १–१ को बराबरीमा समाप्त






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्