सरकारले सार्वजनिक सडकसम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार गर्दै सडक छेउछाउका जग्गामा लाग्ने विकास कर बढाउने प्रस्ताव अघि सारेको छ। मस्यौदाअनुसार हाल अधिकतम २० प्रतिशत रहेको विकास करलाई बढाएर २५ प्रतिशतसम्म पुर्याउने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित विधेयकले सार्वजनिक सडकलाई सात वर्गमा विभाजन गर्दै सडक व्यवस्थापन र संरक्षणलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ। सडक सीमाभित्र अनुमति बिना स्थायी संरचना निर्माण, खानी उत्खनन तथा जथाभावी प्रवेशमार्ग (एक्सेस रोड) बनाउन नपाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
विधेयकमा सडकसम्बन्धी नियम उल्लङ्घन गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिएको छ। सडक सीमाभित्र अनधिकृत रूपमा स्थायी संरचना निर्माण गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव छ। त्यसैगरी सम्बन्धित निकायको अनुमति बिना सडक क्षेत्रमा तार, पाइप वा अन्य पूर्वाधार बिछ्याएमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था मस्यौदामा समावेश गरिएको छ।
सरकारले नयाँ कानुनी व्यवस्थामार्फत सार्वजनिक सडकको संरक्षण, सुरक्षित सञ्चालन तथा सडक आसपासको अव्यवस्थित विकासलाई नियन्त्रण गर्ने उद्देश्य राखेको जनाएको छ।
लोकप्रिय खबर
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग ,व्यक्तिगत तर्फको अहिलेसम्मकै ठुलो सहयोग ।
फुटबलका महान् खेलाडी लियोनल मेसीका पिता जर्जको निधन, छोराको महान् करियर पछाडिका ‘सारथि’ थिए उनी
प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता बढ्यो, भारतीयपछि चिनियाँ राजदूतसँग पनि भेटवार्ता सम्पन्न
पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किए देउवा, भने– “समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ “
जय नेपाल पार्टी खोल्दै डा. धवलशमशेर राणा र दुर्गा प्रसाईं , साउन २८ गते निर्वाचन आयोगमा दर्ता हुने !






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्