२० साउन, काठमाडौं । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औं एसियन गेम्स (एसियाली खेलकुद)मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औं एसियन गेम्सका लागि २२ खेलमा सहभागि हुने खेलाडी संख्या टुङ्गो लगाएको हो ।
एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागि हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । यस्तै २२ खेलमा कूल ३२ प्रशिक्षक समावेश हुनेछन् ।
खेलाडी र प्रशिक्षक गरी कूल १६८ जना नेपालबाट जापान जानेछन् ।
छनोट चरण पार गरेर एसियन गेम्समा छनोट भएको इ-स्पोर्ट्स भने अन्तिम समयमा एसियन गेम्समा अटाउन सकेन । यसअघि राखेप सदस्य सचिवले नै २०औं एसियन गेम्समा २३ खेलमा करिब १४० खेलाडी सहभागि हुने बताएका थिए । तर इ-स्पोर्ट्स भने समावेश भएन ।
२०औं एसियन गेम्समा नेपालबाट पछिल्लो पटक पदक जितेको कराते र कबड्डीसँगै आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइकलिङ, गल्फ, जुडो, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोइ स्लालोम, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड, तेक्वान्दो, भलिबल, उसु छन् ।
टिम खेल अन्तर्गत कबड्डी, भलिबल र क्रिकेट मात्र समावेश छ भने १९ व्यक्तिगत खेल छन् । जसमा कबड्डीको पुरुष र महिला दुबै टिममा गरेर सर्वाधिक २४ जना खेलाडी छन् । त्यस्तै पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ जना खेलाडी छन् ।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइकलिङ, गल्फ, जुडो, कबड्डी, कराते, सफ्ट टेनिस, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, कुस्ती, उसुतर्फ नेपालबाट पुरुष र महिला दुबै खेलाडी सहभागि हुनेछन् ।
यसैगरी भलिबलमा नेपालको महिला टिमले मात्र सहभागिता जनाउनेछ भने क्यानोइ स्लालोम, क्रिकेट, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड र तेक्वान्दोमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् ।
व्यक्तिगत खेल तर्फ उसुबाट सबैभन्दा ११ खेलाडी सहभागि हुनेछन् भने डान्स स्पोर्टमा सबैभन्दा कम १ खेलाडी मात्र छन् । यस्तै साइकलिङ, आर्चरी र स्क्वासमा एक पुरुष र एक महिला गरी दुई-दुई खेलाडी समावेश छन् भने क्यानोई, स्केडबोर्ड र तेक्वान्दोमा पुरुषतर्फ दुई खेलाडी मात्र सहभागि छन् ।
नेपालबाट आर्चरीमा समान १ पुरुष र महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा समान २ पुरुष र महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, क्रिकेट (पुरुष) मा १५, साइक्लिङमा समान १ पुरुष र महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।
त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा समान ३ पुरुष र महिला, कबड्डीमा २४ (१२ पुरुष,१२ महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा समान १ पुरुष र महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा समान ३ पुरुष र महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, भलिबल (महिला)मा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पछिल्लो पटक सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाएका थिए । जसमा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डीले कांस्य पदक जितेको थियो । यस पटक आइची नागोयामा नेपालले स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । पहिलो एसियन गेम्स देखि नै सहभागिता जनाउँदै आएपनि नेपालले अहिलेसम्म ३ रजत र २३ कांस्य पदक मात्र जितेको छ ।
लोकप्रिय खबर
सरकारी कर्मचारी, नेपाली सेना र प्रहरीको नयाँ तलब लागू, कसको तलब कति बढ्यो? (हेर्नुस् सूची)
सरकारी सेवामा समावेशीकरणको आवश्यकता र प्रभावकारिता
लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा आउने !
नेपाल आर्मीमा प्रधानसेनापतिदेखि सिपाहीसम्म कसको तलब कति बढ्यो?
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहँदा उपयुक्त हुन्छ : कानून मन्त्री सोविता गौतम


प्रतिक्रिया दिनुहोस्