झण्डै सात वर्षदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड अहिले अधिकांश रूपमा सञ्चालनमा आएपछि यात्रा निकै सहज बनेको छ। नारायणगढदेखि बुटवल पुग्न अहिले सामान्यतया करिब दुई घण्टा लाग्ने गरेको छ, जबकि पहिले दाउन्ने क्षेत्रमा हुने जामका कारण यात्रुले १२ घण्टाभन्दा बढी समय सडकमै बिताउनुपर्ने अवस्था थियो।
११३.३५ किलोमिटर लामो यो सडक चार लेन (बजार क्षेत्रमा छ लेन) मा विस्तार गरिएको छ। करिब १६.९९ अर्ब रुपैयाँ लागतको आयोजनाको ९२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने सडक सुरक्षा र केही साना काम मात्र बाँकी रहेका छन्। चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण गरिरहेको नारायणगढ–बुटवल सडक आयोजनाको काम विसं २०७५ चैत ८ गतेबाट सुरु भएको हो। प्रारम्भिक योजना अनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले समयसीमा पटक–पटक थपिएको छ।
११३ किलोमिटरभन्दा बढी लम्बाइ रहेको यो सडक आयोजनालाई दुई भागमा विभाजन गरिएको छ। ६५ किलोमिटर लामो नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी खण्ड र ४९ किलोमिटर लामो दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्डका रूपमा निर्माण भइरहेको छ।
लोकप्रिय खबर
इन्भेस्टमेन्ट मेगा बैंक प्रकरणमा सर्वोच्चको हस्तक्षेप : इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी
गृहमन्त्री गुरुङको चेतावनी: ‘जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिनुस्’
राजमार्ग क्षेत्रका जग्गामा विकास कर ५ प्रतिशत बिन्दुले बढ्ने !
लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्