ब्रेकिङ्ग खबर

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कोशी र गण्प्रडकीमा हल्का वर्षाको सम्भावना

खबरशाला संवाददाता खबरशाला संवाददाता • २ घण्टा अगाडि • ३ पटक पढिएको

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

आज रातिदेखि सोमबार बिहानसम्म तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्नेछ। यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा असर पार्नुका साथै दृश्यता घटाउन सक्ने भएकाले यात्रामा सतर्कता अपनाउनुपर्ने देखिन्छ।

सोमबारको मौसम पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।