खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यासः बिदाई खेलमा शानदार प्रदर्शन

खबरशाला संवाददाता खबरशाला संवाददाता • २० घण्टा अगाडि • १८ पटक पढिएको

काठमाडौ । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

आफ्नो बिदाई खेलमा मेसीले बुधबार शानदार प्रदर्शन गरेका छन् र त्यसमै टिकेर अर्जेन्टिनाले बेनिनलाई मैत्रीपूर्ण खेलमा ३–० ले पराजित गरेको छ । मेसीले पेनाल्टीबाट एक गोल गरे । अर्को दुई गोलमा सहयोगी भूमिका निभाए ।

विश्वकप २०२६ को फाइनलपछि मेसीको यो अर्जेन्टिनाका लागि पहिलो खेल हो । उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका थिए ।

ब्युनर्स आयर्समा भएको खेलमा मेसीले पेनाल्टीबाट ७१ औं मिनेटमा आफ्नो टिमका लागि तेस्रो गोल गरेका हुन् । अर्जेन्टिनाका लागि यो उनको कीर्तिमान १ सय २६ औं गोल रह्यो ।

त्यस अगाडि उनकै कर्नरमा निकोलस ओटमेन्डीले ४८ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि मेसीले मिलाएको पासमा निको पाजले ६१ औं मिनेटमा दोस्रो गोल थपे ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।