काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ।
आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन राखेर प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको बताए।
महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने बताए।
अहिलेसम्म सभापति थापालाई कसैले चुनौती नदिएको बताए। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताए। उनले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताए।
उनले हरेक प्रतिनिधिले ३५ सय तिरेपछि पार्टी कार्यालय सानेपाबाट झोला पाउने बताए। उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने प्रयास गरेको बताए। यद्यपि, महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको बताए।
लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
गगनको कांग्रेस बदल्ने संकेत
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्