मुख्य खबर

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

खबरशाला संवाददाता खबरशाला संवाददाता • ११ घण्टा अगाडि • ३३ पटक पढिएको

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट १५ करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको छ ।

त्यसैगरी, यी १२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर छुट्याइएको छ । यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएचएले जनाएको छ । यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका ८ करोड ७० लाख मानिससम्म सहायता पुर्याउने व्यापक प्रयास अन्तर्गत यो रकम जारी गरिएको हो । संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले सहायता पुर्याउन आर्थिक सहयोगसँगै राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।