काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि सकारात्मक छलफल भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी गराए।
‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ। उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन’, उनले भने।
खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा नेपालको हित प्रवद्र्धनका लागि निकै फलदायी रहेको दाबी गरे। महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको उनको भनाइ छ।
लोकप्रिय खबर
आशाको गोरेटोमा सरकारका पाईला
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने
नेपाल–भारत सम्बन्ध प्रगाढ छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्रीको भारत भ्रमणबारे सकारात्मक छलफलः परराष्ट्र मन्त्री खनाल
कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्