काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरिएको संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन १८ असोजमा हुने भएको छ ।
समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा १५ औं महाधिवेशन उद्घाटन समारोह १८ असोज २ बजे खुल्ला मञ्चमा सुरु हुने उल्लेख छ ।
उनका अनुसार बन्द सत्र र अन्य कार्यक्रमहरू १९ र २० असोजमा हुने छन् ।
यस्तै, निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोजका दिन तोकिएका छन् ।
‘निर्वाचन कार्यक्रमसम्बन्धी अन्य कार्यक्रम र विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन समितिले प्रतिनिधि १५ असोजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाइसक्न भनेको छ ।
महाधिवेशन प्रतिनिधि रजिस्ट्रेसन दर्ता गर्ने समयावधि १६ र १७ असोजका लागि तोकिएको छ ।
लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
गगनको कांग्रेस बदल्ने संकेत
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्