तस्वीरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा उनले यस्तो बताएका हुन्।
भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना पनि दिए।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए। नेपाल बसाइका क्रममा सहयोग पुर्याएकोमा उनले नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
लोकप्रिय खबर
१
२
३
४
५
६
आशाको गोरेटोमा सरकारका पाईला
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
नेपाल–भारत सम्बन्ध प्रगाढ छ : प्रधानमन्त्री शाह
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने
प्रधानमन्त्रीको भारत भ्रमणबारे सकारात्मक छलफलः परराष्ट्र मन्त्री खनाल
कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्