काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।
गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो र अवरोधहरू हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहेको प्रशासनले जनाएको छ ।
“गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”
हाल वर्षा रोकिएको भए तापनि राजमार्गका विभिन्न स्थानहरूमा पहिरोको जोखिम कायमै छ । जुनसुकै समयमा पनि पहिरो झर्न सक्ने सम्भावना रहेकाले प्रशासनले सम्पूर्ण सवारी चालक, यात्री तथा सर्वसाधारणहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
साथै, सवारीसाधन चलाउँदा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण रूपमा पालना गर्न समेत अनुरोध गरेको छ ।
लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
गगनको कांग्रेस बदल्ने संकेत
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्