ब्रेकिङ्ग खबर

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई पाए जिम्मेवारी

KhabarShala खबरशाला संवाददाता • २ घण्टा अगाडि • ३ पटक पढिएको

काठमाडौँ — अन्तत लामो अनुमार चर्चाका बिच सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो। कार्कीले गत  कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।