काठमाडौं । पछिल्लो पाँच वर्षमा विदेश जाने नेपालीसँगै आठ खर्ब ६४ अर्ब पाँच करोड ४० लाख रुपैयाँ नेपालबाट बाहिरिएको छ ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ को अवधिमा बाहिरिएको हो ।
यो रकम नेपालीहरू विभिन्न उदेश्यले विदेश जाँदा सँगै बाहिरिएको हो । बाहिरिने रकमको ठूलो हिस्सा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले लैजाने गरेका छन् ।
पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा कम रकम आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ३२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, सबैभन्दा बढी रकम आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब २३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ देशबाट बाहिरिएको छ ।
अर्थको विवरणअनुसार विदेश जाने नेपालीसँगै आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, २०७९/८० मा एक खर्ब ४४ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै, २०८०/८१ मा एक खर्ब ८९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ, २०८१/८२ मा दुई खर्ब २३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ र २०८२/८३ मा दुई खर्ब ९ अर्ब १० करोड रुपैयाँ बाहिरिएको छ ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
दशैमा किनमेल गर्दै हुनुहुन्छ , यी कुरामा दिनुहोस् ध्यान
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्