काठमाडौ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत ९ वटा नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । त्यसमा सबैभन्दा बढी कमाइ फिल्म ‘गौँथली’को छ । यसले २५ असोज (आइतबार)सम्म ९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्रीबापत २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ । यो यस वर्ष (२०८३)को सर्वाधिक कमाउने फिल्म हो ।
अब दोस्रो स्थानमा फिल्म ‘पेन्सन पट्टा’ उक्लिएको छ । यसले ‘लालीबजार’को ९ करोड ३२ लाख रुपैयाँको कमाइलाई उछिनेको हो । तीजको छेको पारेर भदौ २६ गते प्रदर्शन भएको फिल्मले आइतबारसम्म ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिमा फिल्मका ३ लाख ४७ हजार ८८२ वटा टिकट बिक्री भएका छन् ।
‘पेन्सन पट्टा’पछि कमाइका हिसाबले फिल्म ‘बाः एक योद्धा’ अगाडि देखिएको छ । बोर्डको सिनेपाः विवरणअनुसार फिल्मले आइतबार (हिजो)सम्म ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । यसमा पछिल्लो ७ दिनको योगदान १ करोड १२ लाख १६ हजार रुपैयाँभन्दा बढी छ । फिल्मको टिकट बिक्रीको संख्या भने १ लाख ७ हजार ५३३ पुगेको छ ।
त्यस्तै, ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ, ‘बेहुली’ले २ लाख ९९ लाख ४० हजार ७२४ रुपैयाँ, ‘झिँगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ, ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन् ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्