मुख्य खबर

यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर

KhabarShala खबरशाला संवाददाता • १५ घण्टा अगाडि • २७ पटक पढिएको

काठमाडौ । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैँ तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ। 

सो अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ। 

अफरअन्तर्गत असोज २५ देखि कात्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (५ सय रुपैयाँ) मिनाहा गरिनेछ। त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ। यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ। भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिने ग्राहकहरुका लागि १ हजार रुपैयाँ छुट पहिले देखि नै उपलब्ध छ। 

अफर अन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि ४ सय ९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६ सय ९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ। फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन्।

यसका साथै २ सय ५० रुपैयाँमा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ। यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ। 

आगामी २०८३ असोज ३० देखि कार्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरुले यो अफरअन्तर्गतको सुविधा लिन सक्नेछन्। आफ्नो मोबाइलबाट स्टार१४१५स्टार११ह्यास डायल गरेर वा ’नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरु खरिद गर्न सकिनेछ। 

विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ।
 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।