काठमाडौ। काठमाडौंबाट खोटाङतर्फ आउदैगरेको सुमो गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत भेटिएका तीनै जनाको पहिचान खुल्न बाँकी छ । बेपत्ता रहेका तीन जनाको खोजी भइरहेको छ । बेपत्ताहरुको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। काठमाडौबाट खोटाङ आउदैगरेको को १ ज २९७६ नम्बरको सुमो गाडी सिन्धुलीको फिकल गाउँपलिका ६ स्थित सडकबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।
कात्तिक १ गते राति करिब साँढे २ बजेको समय खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको छ । गाडीमा चालकसहित १० जना सवार रहेका थिए । ४ जनाको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको स्थानीय राकेश पोखरेलले बताए।
उद्धार गरिएको घाइतेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका ३८ वर्षीया सम्झना राई, सम्झनाको छोरी १२ वर्षीया शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिस्ट रहेका छन । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको बताइएको छ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
दशैमा किनमेल गर्दै हुनुहुन्छ , यी कुरामा दिनुहोस् ध्यान
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्