मुख्य खबर

ट्युसन पढ्न आउँदै गरेका विद्यार्थी दुर्घटनामा, पाँच जनाको मृत्यु

KhabarShala खबरशाला संवाददाता • असोज २३, २०८३ • ३८ पटक पढिएको


काठमाडौ। पोखरामा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका ट्युसन पढ्न आउने विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो । 

कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएको प्रहरीले जानकारी दिएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।  पोखराका एसपी नविन कार्कीका अनुसार  ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । उनले पनि पाँचजनाको मृत्यु भएको जानकारी दिए । 

घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।