खबरशाला संवाददाता खबरशाला संवाददाता | ८ घण्टा अगाडि | १३ पटक पढिएको
Uncategorized

कांग्रेसमा इतिहास रचेको भन्दै गगन थापालाई प्रचण्डको बधाई

खबरशाला संवाददाता खबरशाला संवाददाता • ८ घण्टा अगाडि • १३ पटक पढिएको

काठमाडौ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसमा निरन्तरताको क्रमभङ्ग गर्दै नयाँ इतिहास बनाउन सफल भएकोमा महामन्त्री गगन थापालाई बधाई दिएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कांग्रेसलाई नयाँ शिराबाट अघि बढाउने जमर्को गरेको भन्दै थापाको प्रशंसा गरेका हुन्।

सम्बोधनका क्रममा प्रचण्डले भने, “गगन थापाजीलाई बधाई! तपाईँले इतिहास बनाउनुभयो। निरन्तरतामा क्रमभंग गरेर कांग्रेसलाई नयाँ इतिहासतर्फ डोऱ्याउनुभयो। मेरो नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री रहँदा नै मैले तपाईँको कार्यक्षमता र सक्रियता नजिकबाट देखेको छु।”

थापालाई भावी नेतृत्वका लागि हौसला दिँदै प्रचण्डले देशको नेतृत्व सम्हाल्ने आँट गर्न आग्रह गरे। “यो देशको नेतृत्व गर्ने आँट गर्नुस्, हामी तपाईँलाई सम्पूर्ण रूपमा साथ दिन तयार छौँ, अगाडि बढ्नुस्,” प्रचण्डले भने।

साथै, यो ऐतिहासिक परिवर्तन एक्लै सम्भव नभएको उल्लेख गर्दै प्रचण्डले विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका सहयोद्धाहरूको भूमिकाको पनि विशेष सराहना गरे।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।