खेलकुद

नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज

खबरशाला संवाददाता खबरशाला संवाददाता • २ घण्टा अगाडि • २३ पटक पढिएको

काठमाडौँ – नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

यसअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले ५९९ रूपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन्। यसअन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ।

आज (२०८३ कात्तिक १०) देखि आगामी २०८३ मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिने छ। सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*९# डायल गर्न सकिने छ। नेपाल टेलिकमको एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।