ब्रेकिङ्ग खबर

आज रातीदेखि संसद् अधिवेशन अन्त्य

खबरशाला संवाददाता खबरशाला संवाददाता • १५ घण्टा अगाडि • २५ पटक पढिएको

काठमाडौ । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन अन्त्य गरिएको जनाएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।