काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस भएको बताइन् । असोज १६ गतेदेखि अन्त्य हुने गरी सिफारिस भएको उनले जानकारी दिइन् ।
सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो । यस्तै अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित र प्रमाणीकरण भएका छन् । यस्तै वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक पनि पारित र प्रमाणीकरण भएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमणीकरण भएको छ । प्रतिनिधि सभामा दसभन्दा बढी विधेयक समितिहरूमा विभिन्न चरणमा विचाराधीन छन् ।
अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको छ । अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तरमा भाग लिएका थिए । यस्तै परराष्ट्र र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएका छन् । यस्तै पूर्वाधार विकासमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रश्नोत्तर भएका छन् ।
लोकप्रिय खबर
आशाको गोरेटोमा सरकारका पाईला
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थतन्त्रमा “स्वर्णिम” कार्यकाल
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !
निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्