काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट बढाएको तलबमान लागु गरेको छ ।
मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकबाट साउन १ गतेदेखि लागु हुनेगरी तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ताका सम्बन्धमा निर्णय भएको उल्लेख गर्दै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै नयाँ तलबमान र सुविधा सम्बन्धमा जानकारी गराएको हो । अर्थ मन्त्रालयका शाखा अधिकृत केदारकुमार श्रेष्ठले लेखेको परिपत्रमा भनिएको छ, ‘संवत् २०८३ साल साउन १ गते देखि लागु हुनेगरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तभरण प्रयोजन)को संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने ।’
लोकप्रिय खबर
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग ,व्यक्तिगत तर्फको अहिलेसम्मकै ठुलो सहयोग ।
फुटबलका महान् खेलाडी लियोनल मेसीका पिता जर्जको निधन, छोराको महान् करियर पछाडिका ‘सारथि’ थिए उनी
जय नेपाल पार्टी खोल्दै डा. धवलशमशेर राणा र दुर्गा प्रसाईं , साउन २८ गते निर्वाचन आयोगमा दर्ता हुने !
प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता बढ्यो, भारतीयपछि चिनियाँ राजदूतसँग पनि भेटवार्ता सम्पन्न
काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा आउने !






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्