काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।
सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ ।
“महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्,” रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, “विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।”
रास्वपाले दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्मरण गराएको छ ।
“अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
राज्यका सम्बन्धित निकायहरूबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने पनि रास्वपाले बताएको छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने पनि रास्वपाले प्रस्ट पारेको छ ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
दशैमा किनमेल गर्दै हुनुहुन्छ , यी कुरामा दिनुहोस् ध्यान
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्