काठमाडौँ, असोज २२ गते । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन् ।
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनुभएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो । उक्त छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्रीवितरण गर्ने र सो भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ ।
लोकप्रिय खबर
ईभी ब्याट्री व्यवस्थापन: आजको बेवास्ता, भोलिको गम्भीर चुनौती
प्रधानमन्त्री शाह र मोदीबिच उच्चस्तरीय वार्ता सुरु
देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन आज, देउखुरीमा हुँदै
कांग्रेस महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)
दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह भारत प्रस्थान
त्रिवि अब डिजिटल विश्वविद्यालय






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्