ब्रेकिङ्ग खबर

अर्थशास्त्रको नोबेल पुरस्कार हल र उडफोर्डलाई

खबरशाला संवाददाता खबरशाला संवाददाता • १२ घण्टा अगाडि • ५ पटक पढिएको

२६ असोज, काठमाडौं । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले अर्थतन्त्रमा हुने उतारचढाव नियन्त्रण गर्न आवश्यक नीतिको विकासमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई पुरस्कृत गरेको हो।

हल र उडफोर्डले विकास गरेका आर्थिक मोडलले अर्थतन्त्रमा आउने उतारचढाव कम गर्न सरकारलाई प्रभावकारी वित्तीय र मौद्रिक नीति बनाउन सहयोग गर्ने पुरस्कार समितिले जनाएको छ।

समितिका अनुसार, समयमै उचित नीति अपनाउन सके अर्थतन्त्रमा देखिने अस्थिरता कम गर्न सकिन्छ। यसले आर्थिक स्थिरता कायम राख्नसमेत मद्दत पुर्‍याउँछ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।