काठमाडौं, साउन २२ – सरकारले कर प्रणालीलाई थप पारदर्शी बनाउँदै उपभोक्तालाई बिल लिन प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘हरेक दिन लाखपति’ अभियानअन्तर्गत सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा सार्वजनिक गरेको छ।
आन्तरिक राजश्व विभागले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार एक उपभोक्ताले जितेका छन्। विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते मात्र २५० रुपैयाँ बराबरको सामान खरिद गरेका थिए।
विभागका अनुसार बम्पर पुरस्कार विजेता कुपन नम्बर सोही स्टोरबाट जारी भएको पुष्टि भएको छ। विजेताको विस्तृत परिचय तथा अन्य आवश्यक विवरण भने आन्तरिक राजश्व विभागले कानुनी प्रक्रिया पूरा गरी सार्वजनिक गर्ने जनाएको छ।
सरकारले सुरु गरेको ‘हरेक दिन लाखपति’ अभियानको मुख्य उद्देश्य उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्नु, व्यवसायीलाई वास्तविक कारोबार अभिलेखीकरण गर्न प्रेरित गर्नु तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनु रहेको छ।
आन्तरिक राजश्व विभागले उपभोक्तालाई खरिदपछि अनिवार्य रूपमा कर बिजक (बिल) लिन आग्रह गर्दै यस्ता प्रोत्साहन कार्यक्रमले करको दायरा विस्तार हुनुका साथै राजस्व संकलनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
लोकप्रिय खबर
सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी
पाकिस्तानको आठ विकेटको जित, टेस्ट शृंखला १–१ को बराबरीमा समाप्त
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
इन्भेस्टमेन्ट मेगा बैंक प्रकरणमा सर्वोच्चको हस्तक्षेप : इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
अन्तिम चरणमा नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार , दुई घण्टामा नारायणगढदेखि बुटवल सरर !
गृहमन्त्री गुरुङको चेतावनी: ‘जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिनुस्’






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्