आर्थिक समाचार

तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो

KhabarShala खबरशाला संवाददाता • असोज २३, २०८३ • ७२ पटक पढिएको

काठमाडौं । नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणीनामका रूपमा चिनिएको शिखर सुज अब युवा पुस्ताको मन जित्ने तयारीमाजुटेको छ । यसका लागि कम्पनीले युवा लक्षित केही मोडलका जुत्ताहरुसार्वजनिक गरेको छ । युवा लक्षित नयाँ र आकर्षक डिजाइनका उत्पादनबजारमा ल्याएको कम्पनीले आफूलाई युवाहरूको पहिलो रोजाइका रूपमास्थापित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको छ ।

बदलिँदो फेसन र उपभोक्ताको रुचिसँगै जुत्ता बजारमा प्रतिस्पर्धा बढ्दैगएको सन्दर्भमा शिखर सुजले पुरानो पहिचानमा मात्र सीमित नरही नयाँपुस्तालाई आकर्षित गर्ने रणनीति अपनाएको हो । कम्पनीले डिजाइनमानयाँपन ल्याउँदै आरामदायी र टिकाउ जुत्ता उत्पादनमा विशेष ध्यान दिएकोछ ।

“हामी बजारमा बिक्ने मात्र होइन, वर्षौं टिक्ने जुत्ता बनाउने लक्ष्यका साथअघि बढेका छौँ,” शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, “आकर्षक डिजाइनसँगै आरामदायी र बलियो जुत्ता बनाउनु हाम्रो प्राथमिकताहो ।”

युवाहरू जुत्ता किन्दा डिजाइनसँगै आराम र टिकाउपनलाई पनि उत्तिकै महत्त्वदिने भएकाले कम्पनीले तीनवटै पक्षमा सन्तुलन मिलाउने प्रयास गरिरहेकोउनले बताए । केवल देखावटी डिजाइनले मात्र उपभोक्ताको विश्वास जित्ननसकिने भएकाले गुणस्तरमै जोड दिइएको उनको भनाइ छ ।

शिखर सुजले विगतदेखि नै नेपालमा जुत्ता निर्माणमा आफ्नै मौलिकताकायम राख्दै आएको छ । तीन दशकको यात्रामा कम्पनीले नेपाली बजार रउपभोक्ताको आवश्यकता बुझेर उत्पादन गर्दै आएको अध्यक्ष प्रसाईंकोभनाइ छ । उनका अनुसार यही अनुभव नै कम्पनीको सबैभन्दा ठूलो बल हो ।

आगामी दिनमा शिखर सुज थप परिस्कृत स्वरूप र शैलीसहित बजारमादेखिने प्रसाईंले बताए । नयाँ डिजाइन, गुणस्तरमा सुधार र उपभोक्तासँगकोनिकटता बढाउँदै कम्पनीले आफ्नो बजार विस्तार गर्ने योजनामा रहेको छ ।

तीन दशकको अनुभव र नयाँ पुस्ताको रुचिअनुसारको डिजाइनलाई एउटैधागोमा उन्दै शिखर सुज परम्परा र नवीनताको संगम बन्ने प्रयासमा छ ।”हाम्रो लक्ष्य युवाले एकपटक लगाएपछि फेरि पनि शिखर सुजलाई नै रोज्नेबनाउनु हो,” प्रसाईंले भने ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।