आर्थिक समाचार

सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९६ हजार ९ सय पुग्यो

खबरशाला संवाददाता खबरशाला संवाददाता २३ घण्टा अगाडि ३ पटक पढिएको

साउन २२,काठमाडौं – नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुन तथा चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्