गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। सशस्त्र प्रहरीको सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गते निलम्बन गर्दै घटनाको छानबिनका लागि जाँचबुझ अधिकृत तोकेको हो।
छानबिन तीन दिनभित्र सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।मन्त्रालयले घटनाको छानबिन गर्न तोकिएका जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
साथै,मन्त्रालयले निजामती तथा सुरक्षा निकायका सबै कर्मचारीले कानुनअनुसार पदीय आचरण पालना गर्नुपर्ने र सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नु अनिवार्य रहेको स्पष्ट पारेको छ।

लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
गगनको कांग्रेस बदल्ने संकेत
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्