ब्रेकिङ्ग खबर

विभिन्न भूभागमा वर्षाको सम्भावना

खबरशाला संवाददाता खबरशाला संवाददाता • ८ घण्टा अगाडि • १३ पटक पढिएको

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । 

हाल देशभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मङ्गलबार देशभर साधारणतया बादल लाग्ने तथा बुधबार हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । सो दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थनमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा, हिमपातको सम्भावना छ ।

बुधबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपशिचम प्रदेशको तराई भूभगमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

सो दिन देशको हिमाली भूभागको थोरै स्थनमा र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।