ब्रेकिङ्ग खबर

आश्वासन मात्रै पाएका भूमिहीनले अब लालपुर्जा पाउँछन् : प्रधानमन्त्री बालेन

खबरशाला संवाददाता खबरशाला संवाददाता • ८ घण्टा अगाडि • १२ पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सात दशकसम्म आश्वासन मात्रै पाएका भूमिहीनले अब लालपुर्जा नै पाउने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले भूमिहीनलाई अब लालपुर्जा उपलब्ध गराउने काम अन्तिम चरणतर्फ पुर्‍याएको बताएका हुन् ।

हालसम्म पाँच हजार ७३७ लालपुर्जा वितरण भएकोमा अब त्यसको गतिलाई बढाउने उनले बताए । नेपाली कांग्रेसले २०१५ सालमै यस विषयको उठान गरे पनि हालसम्म समाधान नभएकाले वर्तमान सरकारले यसको समाधान गर्ने उनको भनाइ छ । ”विभिन्न जिल्लामा लालपुर्जा नभएका स्ववासी, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरी ५,७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ।यो सुरुवात हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौँ,” उनले भनेका छन् ।

हालसम्म प्रणालीमा कुल १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेको उनले बताए । यी निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिरहेको र अब प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अगाडि बढेको उनको भनाइ छ ।

”हामीले निर्वाचनमा स्पष्ट वाचा गरेका छौँ, एक हजार दिनभित्र भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने। यस समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको छ।सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ,” उनले भनेका छन् । त्यसका लागि तीव्र गतिमा काम भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।