खेलकुद

नेपाल प्रिमियर लिग सिजन–३ को तयारी तीव्र, कीर्तिपुर मैदानमा फिल्मिङ र ड्रोन उडानमा रोक

खबरशाला संवाददाता खबरशाला संवाददाता • ७ घण्टा अगाडि • ३ पटक पढिएको

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणलाई भव्य र प्रतिस्पर्धात्मक बनाउन तयारी तीव्र पारिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) बाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएकोले यसपटकको एनपीएलप्रति अपेक्षा र उत्सुकता थप बढेको छ।

पूर्ण सदस्य राष्ट्रका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी गराउन सहज हुने र प्रतियोगिताले टी–२० को आधिकारिक मान्यता पाउने भएकाले एनपीएलको तेस्रो संस्करणलाई थप आकर्षक, प्रतिस्पर्धात्मक र भव्य बनाउने तयारी गरिएको छ।

प्रतियोगिताको अन्तिम तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन आगामी कात्तिक ८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विशेष तयारीका काम सञ्चालन गरिने भएको छ। यस अवधिमा मैदानमा कुनै पनि प्रकारको फिल्मिङ, युट्युब भिडियो निर्माण तथा ड्रोन सञ्चालन गर्न रोक लगाइएको छ।

त्यसैगरी, एनपीएलको तेस्रो संस्करणसम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गर्न कात्तिक ८ गते पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ। सम्मेलनमा प्रतियोगिताको तयारी, व्यवस्थापन तथा अन्य महत्त्वपूर्ण विषयमा जानकारी दिइनुका साथै अन्तिम तयारीको अवस्थाबारे सञ्चारकर्मीलाई अवगत गराइनेछ।

एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्दै नेपाली क्रिकेटको व्यावसायिक विकास र लोकप्रियता अभिवृद्धि गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।