काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान लियोनेल मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर भएको बताएका छन्।
यामलले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत मेसीप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, “मेस्सी विश्वकै सर्वोत्कृष्ट हुन् (Messi is the best in the world)।”
बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ बाटै निस्किएर विश्व फुटबलमा उदाइरहेका १७ वर्षीय यामललाई धेरैले मेसीको उत्तराधिकारीका रूपमा हेर्ने गर्छन्।
सन् २०२४ को युरो कपमा स्पेनलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका यामलले बार्सिलोनाका पूर्वकप्तान एवं सर्वकालीन महान् खेलाडी मानिने मेसीको खुलेर प्रशंसा गरेका हुन्।

लोकप्रिय खबर
१
२
३
४
५
६
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
गगनको कांग्रेस बदल्ने संकेत
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्