काठमाडौँ । दसैँलक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकायबिच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको हो ।
यसै गरी घटस्थापना (असोज २५ गते) देखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीसाधनलाई भने बन्देज कायमै रहने निर्णय भएको छ ।
यस्तै नारायणगढ–काठमाडौँ सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठुला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौँ रुटमा खाद्य सामग्री, औषधी, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनबाहेक ठुला सवारी चलाउन पाइने छैन ।
काठमाडौँ उपत्यकाबाट दसैँ मान्न धेरै यात्रु आआफ्नो घरमा जाने हुँदा उनीहरूलाई लक्ष्य गरेर अग्रिम टिकट बुकिङ खुलालगायतका निर्णय गरिएको हो । विगतका वर्ष दसैँलाई लक्ष्य गरेर एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुला हुने गरेकामा यस वर्ष बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा ढिला भएको हो ।
यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाले दसैँलक्षित शुक्रबारदेखि यातायातको अग्रिम टिकट खुला गरिने जानकारी दिए । भत्केको सडक मर्मतसम्भार गर्ने र ट्र्याक खोलेर भए पनि यातायात सुचारु गर्ने निर्णय गरी टिकट खुला गरिएको उनले बताए ।
वर्षाका कारण जुनसुकै बेला बाटो अवरुद्ध हुन सक्ने भएकाले डोजर परिचालन गरी तत्काल बाटो सुचारु गर्ने तयारी गरिएको उनले जानकारी दिए। चाडपर्वको मौका छोपेर तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने उनले बताए । निर्देशक खतिवडाले टिकट आधिकारिक काउन्टरबाट मात्र खरिद गर्न यात्रुलाई आग्रह गरे ।
चाडपर्वका बेला भिडभाड बढी हुने भएकाले तोकिएभन्दा बढी मूल्य लिएको फेला परे तत्काल ट्राफिक प्रहरीसमक्ष उजुरी गर्न निर्देशक खतिवडाले यात्रुलाई आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बसपार्क, चाबहिल, बल्खु, कोटेश्वर लगायतका तोकिएका ठाउँबाट यात्रुले टिकट काट्न सकिने जानकारी दिए
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
यो वर्ष दशैँ टीकाको साइत बिहान १०:२६ बजे
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्