मुख्य खबर

यो वर्ष दशैँ टीकाको साइत बिहान १०:२६ बजे

खबरशाला संवाददाता खबरशाला संवाददाता • २१ घण्टा अगाडि • ३५ पटक पढिएको

काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँ शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ३ गते मंगलबार परेको छ। सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे रहेको छ। फूलपाती असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते मंगलबार परेको छ।

विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइमाग्नेले पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।