KhabarShala खबरशाला संवाददाता | १८ घण्टा अगाडि | ८ पटक पढिएको
Uncategorized

एनपीएलको टिकट मूल्य निर्धारण, साधारण टिकट ५०० रुपैयाँदेखि

KhabarShala खबरशाला संवाददाता • १८ घण्टा अगाडि • ८ पटक पढिएको

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य निर्धारण गरेको छ। क्यानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

आगामी अक्टोबर २४ देखि नोभेम्बर २१, २०२६ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलका खेलहरू सञ्चालन हुनेछन्।

क्यानका अनुसार इलिमिनेटर तथा फाइनल खेलका लागि भने टिकटको मूल्य बढाइएको छ। उक्त चरणका खेल हेर्न साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, एनपीएलको तेस्रो संस्करणका लागि टिकट खरिद गर्न इच्छुक दर्शकले आज साँझ ८ बजेदेखि खल्तीमार्फत टिकट खरिद गर्न सक्ने क्यानले जनाएको छ।

एनपीएलमा अन्तर्राष्ट्रिय तथा नेपाली खेलाडीहरूको सहभागिताले प्रतियोगिताप्रति दर्शकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ। आफ्नै घरेलु मैदानमा विश्वस्तरीय खेलाडीहरूको प्रतिस्पर्धा प्रत्यक्ष हेर्न पाउने अवसरले नेपाली क्रिकेटप्रेमीहरूमा प्रतियोगिताप्रतिको उत्साह थप बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।