स्कूल–कलेजदेखि विवाह समारोहसम्म, शिखर सुजका नयाँ जुत्ता
काठमाडौं । फर्मल, पार्टी तथा विद्यालय–कलेजको ड्रेसका लागि छालाकाजुत्तामा आफ्नो छुट्टै पहिचान बनाएको नेपाली ब्रान्ड शिखर सुजले नयाँडिजाइनका जुत्ता बजारमा ल्याएको छ।
विवाह, भोजभतेर, पार्टी, औपचारिक कार्यक्रम तथा विभिन्न समारोहमालगाउन मिल्ने गरी कम्पनीले नयाँ डिजाइनका छालाका जुत्ता सार्वजनिकगरेको हो। त्यसैगरी विद्यालय तथा कलेजको ड्रेसका लागि आवश्यकऔपचारिक जुत्तालाई पनि नयाँ कलेक्सनमा समेटिएको कम्पनीले जनाएकोछ।
कम्पनीका अनुसार नयाँ उत्पादनमा आकर्षक डिजाइनसँगै आरामदायीपन, गुणस्तर र टिकाउपनलाई विशेष ध्यान दिइएको छ। नेपाली उपभोक्ताकोदैनिक आवश्यकता, बदलिँदो फेसन र प्रयोगको प्रकृतिलाई मध्यनजर गर्दैविभिन्न उमेर समूह तथा प्रयोजनका लागि उपयुक्त हुने जुत्ता बजारमाल्याइएको हो।
शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार कम्पनीले लामोसमयदेखि उपभोक्ताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्तिकारूपमा लिँदै आएको छ। विवाहको सिजन सुरु हुनै लाग्दा नयाँ डिजाइनकाउत्पादन बजारमा उपलब्ध गराइएको उनले बताए।
“‘दीपक जी पार्टीमा ?’ भन्ने विज्ञापनले शिखर सुजलाई नेपालीउपभोक्तामाझ एउटा छुट्टै पहिचान दिएको थियो। त्यो पहिचान रउपभोक्ताले हामीप्रति देखाउनुभएको विश्वासलाई अझ बलियो बनाउँदै नयाँपुस्ताको रुचि र आवश्यकताअनुसार उत्पादन ल्याइरहेका छौँ,” प्रसाईंले भने, “विवाह, पार्टी तथा औपचारिक समारोहदेखि विद्यालय र कलेजसम्मकालागि उपयुक्त हुने गुणस्तरीय छालाका जुत्ता उपलब्ध गराउनु हाम्रो उद्देश्यहो।”
कुनै समय नेपाली समाजमा कसैले चिटिक्क परेर औपचारिक जुत्ता लगाउँदैकतै जान लागेको देख्दा सोधिने चर्चित प्रश्न थियो– ‘दीपक जी पार्टीमा ?’ शिखर सुजको विज्ञापनमा प्रयोग भएको यही संवाद नेपाली जनजीवनसँगजोडिएको लोकप्रिय अभिव्यक्ति बनेको थियो। हास्य अभिनेता दीपकराजगिरीको उपस्थितिले विज्ञापनलाई थप लोकप्रिय बनाएको थियो।
तीन दशक लामो व्यावसायिक यात्रामा शिखर सुजले नेपाली जुत्ता बजारमाआफ्नो छुट्टै स्थान बनाएको छ। स्वदेशी उत्पादनमार्फत उपभोक्ताकोआवश्यकता पूरा गर्ने प्रयास गर्दै आएको कम्पनीले गुणस्तर, डिजाइन रसहज उपलब्धतालाई आफ्नो व्यावसायिक यात्राको आधार बनाउँदै आएकोछ।
नेपाली उत्पादनप्रतिको विश्वासलाई कायम राख्दै समयअनुसार डिजाइन रशैलीमा परिवर्तन गर्नु कम्पनीको प्राथमिकता रहँदै आएको छ। नयाँकलेक्सनमार्फत विवाह, पार्टी, औपचारिक कार्यक्रम तथा विद्यालय रकलेजका लागि फरक–फरक प्रयोजनअनुसारका छालाका जुत्ता उपभोक्तालेछनोट गर्न सक्ने कम्पनीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्