काठमाडौ – सर्वोच्चका न्यायाधीशहरू एकपछि अर्को गरी विवादमा तानिएपछि प्रधानन्यायाधीश मनोज कुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्। बिहीबार न्यायाधीश हरि फुयाल र विवादित व्यक्ति इनाम सापकोटाको सम्बन्धबारे समाचार प्रकाशित भएपछि न्याय क्षेत्र तरङ्गित छ।
इनामसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि न्यायाधीश फुयालले बिहीबार नै केही पत्रकारहरूसँग उनीसँगको उठबस आफूको मात्रै नभएको र अरु न्यायाधीशहरूले समेत सामूहिक रुपमा भेट गरेको खुलासा गरेका छन्। फुयालले आफूहरूमाथि महाभियोगको सन्त्रास फैलिएको अवस्थामा त्यसबाट जोगाइदिन्छु भन्ने सापकोटासँग हिमालयन होटलमा ७ जना न्यायाधीशले भेट गरेको बताएका छन्।
सर्वोच्चका अरु न्यायाधीशहरुलाई समेत विवादमा तान्ने प्रयास भएपछि प्रधान न्यायाधीश मनोज शर्माले फुलकोट बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश शर्मासमेत विवादमा तानिएका छन्। उनी र रास्वपाका सांसद विश्वराज पोखरेलको नाउँमा अमेरिकामा पैसा जम्मा भएको कागजात सार्वजनिक भएको छ।
सर्वोच्चका एक अधिकृतका अनुसार शुक्रबार इजलास बस्नु अगाडि सर्वोच्चमा भएका सबै न्यायाधीशको बैठक बस्नेछ।





प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्